मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क.सहित ५ जनाउपर बिगो रु. ५५,१०,५९६।३३ कायम गरी राजस्व चुहावट गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०१।०३ गते ।
-------------------------------------------------
मेची भन्सार कार्यालय, झापाको प्रज्ञापनपत्र नं. M २८२४८ बाट सागर एण्ड साधना विजनेश प्रा.लि.ले मालवस्तु आयात गर्दा एउटा सामानलाई अर्कै सामान भनी गलत घोषणा गरेका सामानलाई मेची भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा मुल्याङ्कन तथा जाँचपास गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा ख्याती प्राप्त ब्राण्ड उल्लेख भएका मालवस्तु आयत गर्ने आधिकारीक पैठारीकर्ता फर्मले ब्राण्डेड मालवस्तु पैठारी गर्दा स्पष्टसँग उत्पतिको मुलुक, मालवस्तुको स्पेशिफिकेशन खुलाई पैठारी गर्ने गरेको र आर्थिक ऐन, २०७५ को दफा २ बमोजिम सोही ऐनको अनुसूचीको प्रकरण १८ मा पैठारीकर्ताले मालवस्तुको स्पेशिफिकेशन खुलाई भन्सार जाँचपासको लागि पेश गर्नुपर्ने भनी व्यवस्था गरेको देखिंदा गोलमोटलमा सामानको नाम मात्र राखी भन्सार कार्यालय, मेचीमा पेश गरेको र भन्सार कार्यालय मेचीका जिम्मेवार कर्मचारीहरुले प्रज्ञापन पत्र दर्ता M २८२४८ बाट भन्सार जाँचपास भएका मालवस्तु ट्रायक सुट, हाफ भेष्ट, ज्याकेट, फ्ल्याट सोल जुत्ता, स्पोर्टस जुत्ता र पी-क्याप जस्ता मालवस्तुको स्पेशिफिकेशन नलिई, प्राय सबै ब्राण्डेड कम्पनीको लोगो (चिन्ह) स्पष्ट देखिने अवस्थामा चेकजाँच नै नगरी पैठारीकर्ता तथा भन्सार एजेन्टसँग मिलेमतो गरी रु. ६५,४०,००६।३३ राजस्व रकम लिनुपर्नेमा न्यून मूल्याङ्कन गरी सोही आधारमा रु. १०,२९,४१०।– मात्र भन्सार महसुल र भ्याट लिएको देखाई भन्सार जाँचपास गरेको देखिन आएकोले आरोपीहरु सागर एण्ड साधना विजनेश प्रा.लि. का संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डे, भन्सार विन्दुमा मालवस्तुको भौतिक परीक्षणका लागि खटिएका भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले एक-आपसमा मिलेमतो गरी बदनियतपूर्वक भन्सार प्रज्ञानपत्रमा मालवस्तुको गलत घोषणा गरी गराई वास्तविक तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरी/गराई मालवस्तु पैठारी गरेको हुँदा देहायबमोजिमका आरोपीहरुलाई देहाय अनुसार कारवाही र सजायको मागदाबी लिइएको छ ।
 
(क) मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले पैठारीकर्तासँग बदनियतपूर्वक मिलेमतो गरी अन्तराष्ट्रिय ख्याति प्राप्त ब्राण्ड तथा उत्पतिको देश नै फरक परेको मालवस्तुहरुलाई भौतिक परीक्षणको क्रममा अनदेखा गरी जाँचपास गरी आफूहरुलाई लाभ र नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमलाई हानिनोक्सानी हुने गरी न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको स्पष्ट देखिन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क), (ख) र (घ) र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज आरोपी मनोज कुमार वि.क. र सनद खतिवडाको हकमा नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमबाट राजस्व चुहावट भएको रु. ६५,४०,००६।३३ बाट रु. १०,२९,४१०।– घटाई हुन आउने बिगो रु. ५५,१०,५९६।३३ (पचपन्न लाख दस हजार पाँच सय छयानब्बे रुपैयाँ तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको दोब्बर जरिवाना हुन मागदाबी लिइएको छ ।
 
(ख) सागर एण्ड साधना विजनेश प्रा.लि. काठमाडौंका संचालकहरु गंगा बहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेले भन्सार ऐन, २०६४ एवं आर्थिक ऐन, २०७५ विपरित पैठारी हुने मालवस्तुको यथार्थ विवरण नखुलाई मालवस्तुको नाम मात्र राखी भन्सार कार्यालय मेचीका भौतिक परीक्षण गरी जाँचपास गर्ने कार्यमा संलग्न भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडासँग बदनियतपूर्वक मिलेमतो गरी मालवस्तु पैठारी गरेवापत नेपाल सरकारलाई कानून बमोजिम रु. ६५,४०,००६।३३ तिर्नु/बुझाउनु पर्नेमा रु. १०,२९,४१०।– मात्र तिरे बुझाएको देखिंदा सो रकमबाट राजस्व तिरे बुझाएको घटाई हुन आउने रु. ५५,१०,५९६।३३ राजस्व चुहावट गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ७ बमोजिमको कसुर गर्ने मतियारको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम चुहावट गरेको राजस्वको बिगो रु. ५५,१०,५९६।३३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18