जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सि.डि.ई. आनन्द कुमार झा थप अनुसन्धानका लागि नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०७ गते।
--------------------------------------------
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सि.डि.ई. आनन्द कुमार झाले नदी तटबन्धन नियन्त्रण सम्बन्धी कार्यको लागि थप बजेट निकासा गरिदिने प्रयोजनार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ विराटनगरमा कार्यरत कर्मचारीलाई रु. १०,०००।- (दस हजार) घुस/रिसवत दिने सम्बन्धी उजुरीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज आनन्द कुमार झालाई मिति २०७७।०२।०७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं. १ विराटनगरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release