तत्कालीन जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवर उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाण-पत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०९ गते ।
-------------------------------------------------
जिल्ला अछाम साविक खापरमाण्डौ गाउँ पञ्चायत वडा नं. ६ हाल साँफेबगर नगरपालिका वडा नं. २, बाडभिडी घर भई जिल्ला शिक्षा कार्यालय, कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवरले नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी विगत लामो समयसम्म नोकरी खाईरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, इलाहावाद, भारतबाट प्रविणता प्रमाण-पत्र तह (इन्टरमिडियट एजुकेशन) उत्तीर्ण गरेको झुठ्ठा प्रमाण-पत्रको आधारमा बनेका प्रमाण-पत्रहरुसमेतबाट सेवा बहाल तथा बढुवा भएको पुष्टि हुन आएको हुँदा हाल अवकाश प्राप्त विद्यालय निरीक्षक चक्र बहादुर कुँवरको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर देखिन आएको हुँदा निज चक्र बहादुर कुँवरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet