जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादवसमेत २ जना रु.२,००,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२१ गते । 
-------------------------------------------------------

जिल्ला ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहले जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत जीवन कुमार यादव र सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहलाई रु.१/१ लाख गरी जम्मा रु.२,००,०००/- (दुई लाख) घुस/रिसवत बापतको रकम बुझि लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, ताप्लेजुङ परिसरबाट मिति २०७७।०२।२० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download