जिल्ला पाल्पा, रैनादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देबेन्द्र पुन रु.३,००,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।२४ गते
---------------------------------------------

जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देवेन्द्र पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने प्रयोजन वापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलिद्धारा निज जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देवेन्द्र पुनले सेवाग्राहीबाट रु ३,००,०००/- (अक्षेरुपी तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७७/०२/२४ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बाट रंगेहात पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download