जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरे घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०२।२९ गते
---------------------------------------------

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेले होटल व्यवसाय संचालनमा सहजिकरण गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले निज प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेलाई सेवाग्राहीसँग रु ४,०००/- (अक्षेरुपी चार हजार) घुस/रिसवत लिइसकेको अवस्थामा कटहरी गा.पा. वडा नं.३ कहटरी चोकबाट उक्त रकमसहित रंगेहात नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download