जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी ब्यवसाय गर्ने (ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटा रु.३,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०९ गते । 
--------------------------------------------
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी ब्यवसाय गर्ने (ढकाल एण्ड सापकोटा सर्भिसेज) खेमराज सापकोटाले सेवाग्राहीलाई काठमाण्डौबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनि घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापढी ब्यवसाय खेमराज सापकोटालाई रु.३,०००/- (तीन हार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं का.म.न.पा.-११ बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिक रहेको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download