जिल्ला पाल्पा, रैनादेवी छहरा गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र पुन उपर बिगो रु. ३,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।१० गते ।
-------------------------------------------------
जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने प्रयोजनवापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीद्धारा निज वडाध्यक्ष देवेन्द्र पुनले सेवाग्राहीबाट रु. ३,००,०००/- (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं. ७ अन्तर्गत रहेका सामुदायिक वनहरुबाट काठ लिलामी तथा निकासी गर्ने कार्यमा सहजीकरण गर्ने भनी रैनादेवी छहरा गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र पुनले पदको प्रभाव देखाई आफ्नो वडाभित्र काठको काम गर्दा प्रति क्यु.फिट. ३० का दरले घुस/रिसवत दिनुपर्छ भनी घुस माग गरी सेवाग्राहीसँग रु. ३,००,०००/-(तीन लाख) घुस/रिसवत लिएको खुल्न आएकोले निज वडाध्यक्ष देवेन्द्र पुनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु.३,००,०००/-(तीन लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet