जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट रु.५०,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।११ गते । 
--------------------------------------------
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई रु.५०,०००/- (पचास हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरूलाई धनगढी उपमहानगरपालिका वडा नं.१ स्थित लिगल एडभोकेट सर्विस सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download