खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसमेत ४ जना घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।१७ गते ।
----------------------------------------------------
जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव-इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निज निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर विरेन्द्र चन्दलाई खटिगइको कार्यस्थलबाट नियन्त्रणमा लिए पश्चात खानतलासी गरिएकोमा टोपेन्द्र सुन्दर मल्लको आवासबाट रू.२,४१,०१६।– (दुई लाख इकचालिस हजार सोह्र) नगद बरामद गरी यस सम्बन्धमा अनुसन्धानको सिलसिलामा सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे समेत गरी निजहरू चारै जनालाई मिति २०७७।०३।१६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download