जिल्ला सर्लाही, प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादब रू. ५,०००/- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।२३ गते ।
----------------------------------------------------
जिल्ला सर्लाही, प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादबले भारतीय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निज प्र.स.नि. राम विश्वास राय यादबलाई रू. ५,०००/- (पाँच हजार) घुस/रिसवत लिईसकेको अबस्थामा ईश्वरपुर नगरपालिका वडा नं. १०, श्रीनगर, महारानी बजार स्थित निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release