तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जना उपर सरकारी सम्पत्ति हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
------------------------------------------------

काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा रहेका गरगहना पसलबाट अनुगमनको क्रममा नमुनाको रुपमा संकलन गरिएका सुनचाँदीका गहना तथा सामानको यथार्थ विवरण नराखी हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका निर्देशक लक्ष्मण श्रेष्ठले मिति २०७३।१०।०७ मा नोज पिन हाउस नयाँ सडक काठमाडौं र मिति २०७३।१२।३० मा दल बहादुर एण्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रा.लि., गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि., फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात पनि उक्त गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको, निर्देशक हरि नारायण बेल्वासेले सुर्य बहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भै गएपश्चात पनि उक्त पसलमा फिर्ता नगरी आफैले राखी हिनामिना गरेको, ना.सु. हाल सेवा निवृत्त राम बहादुर थापा मगरले ओम ज्वेलर्स, बिशाल बजार, नटराज ज्वेलर्स बिशाल बजार, संम्बृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रा.लि. न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौंमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी संकलन गरिएका स्टोरकिपरको रुपमा आफूले जिम्मा बुझेका गहनाहरु सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निबृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहनाहरु हिनामिना गरेको देखिंदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना गरेको सुनका गहनाहरु १४.१८ ग्रामको बिगो रु. ६६,२९३।८६, सुनका गहनाहरु २०.५९ ग्रामको बिगो रु. ८९१४५।६५, सुनका गहनाहरु १४.७५ ग्राम सुन र चाँदीका गहना ७७.४२ ग्रामको बिगो रु. ७५,०३५.५८ कायम गरी ऐ. ऐनको दफा १७ को आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुनका साथै अनुसन्धानको क्रममा निजहरुले पेश गरेको कसुरसँग सम्बन्धित सुन सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुने भएकोले सम्मानित विशेष अदालतमा दाखिला गरी कानूनबमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10