जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ रु. ९,३४,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३० गते ।
----------------------------------------------------

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज डिभिजन प्रमुख नारायण काजी श्रेष्ठलाई सेवाग्राहीबाट रु. ९,३४,०००।– (नौ लाख चौतीस हजार) घुस/रिसवत लिएको अवस्थामा जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.-१ स्थित वेसक्याम्प भित्र रहेको निजकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download