भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज सप्तरीमा कार्यरत ना.सु. कृष्ण बल्लभ ठाकुर रु. १३,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०३।३० गते ।
----------------------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज सप्तरीमा कार्यरत ना.सु. कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज कृष्ण बल्लभ ठाकुरलाई सेवाग्राहीबाट रु. १३,०००।– (तेह्र हजार) घुस/रिसवत बुझी लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release