मालपोत कार्यालय चाबहिलका तत्कालीन ना.सु. चन्द्र बहादुर श्रेष्ठउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।३० गते ।
-------------------------------------------------
मालपोत कार्यालयहरु ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवा प्रदायक बीचमा घुस रिसवत लेनदेन हुने गरेको भन्नेसमेत व्यहोराको चन्द्र बहादुर श्रेष्ठ आरोपी भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय चाबहिलका तत्कालीन ना.सु. चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीको जग्गा लिलामी सम्बन्धी विषयको जानकारी दिन निजसँग घुस रिसवत माग गरेको तथ्य पुष्टि भएकोले निज चन्द्र बहादुर श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा परिभाषित कसुर गरेको देखिएको हुँदा निजलाई बिगो रु. १,५००।– (पन्ध्र सय) कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet