ईटहरी उपनगरपालिका, सुनसरीका लेखा अधिकृत विकास पोखरेल रू.६५,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०१ गते । 
---------------------------------------------
जिल्ला सुनसरी, इटहरी उपनगरपालिकाका लेखा अधिकृत विकास पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले निज लेखा अधिकृत विकास पोखरेललाई रू.६५,०००/- (पैसठ्ठी हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित इटहरी उपनगरपालिका वडा नं. ६ बि.पि. चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
 प्रदीपकुमार कोइराला

 

Download