जिल्ला बारा, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कलैयाका सव-इन्जिनियर गजेन्द्र प्रसाद जैसवालसमेत २ जना रू.८०,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।०४ गते । 
---------------------------------------------
जिल्ला बारा, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, कलैयाका सव-इन्जिनियर गजेन्द्र प्रसाद जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले निज सव-इन्जिनियर गजेन्द्र प्रसाद जैसवालले रू८०,०००/- (असी हजार) घुस/रिसवत बापतको रकम लिई सँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा निज दुबैजनालाई उक्त रकमसहित कलैया नगरपालिका वडा नं. ४ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता
तारानाथ अधिकारी

 

Download