जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १८ बस्ने गोविन्द शाह र ऐ. जिल्ला लमही नगरपालिका वडा नं. ५ बस्ने समीर भण्डारीउपर घुस/रिसवत दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७७।०४।१४ गते।
------------------------------------------
जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १८ बस्ने गोविन्द शाह र ऐ. जिल्ला लमही नगरपालिका वडा नं. ५ बस्ने समीर भण्डारीले लागुऔषध मुद्दाका आरोपीलाई छुटाउने प्रयोजनार्थ वडा प्रहरी कार्यालय घोराही दाङका प्रहरी निरीक्षकलाई रु. १,५०,०००।– घुस/रिसवत दिएको सम्बन्धमा आवश्यक कारवाही हुन भनी जिल्ला प्रहरी कार्यालय दाङको पत्रसाथ प्राप्त उजुरीउपर अनुसन्धान हुँदा आरोपी गोविन्द शाह र समीर भण्डारीले लागुऔषध मुद्दाका आरोपीलाई प्रहरी हिरासतबाट छुटाउने प्रयोजनार्थ जवर्जस्ती रु. १,५०,०००।– (एक लाख पचास हजार) घुस/रिसवत रकम दिएको पुष्टि हुन आएको देखिंदा निजहरु गोविन्द शाह र समीर भण्डारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिम कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भए बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन तथा बरामद भई आएको घुस दिएको रकम रु. १,५०,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
तारानाथ अधिकारी
Tweet