लमजुङ जिल्ला मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङ उपर बिगो रु. ४,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।३० गते।
------------------------------------------

लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङले लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजनाबाट जनही ५० हजारका दरले घुस/रिसवत माग गरी रु. ४ लाख रकम लिएको भन्ने सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा निजहरुलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भूकम्पपीडित लाभग्राहीहरुसँग निजहरुले निर्माण गरेको घरको मापदण्ड नमिलेको भन्ने बहानामा प्राविधिक मूल्याङकन गराई रकम स्विकृत गराउन भनी लमजुङ जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करारमा नियुक्त भई मर्स्याङ्दी गाँउपालिकामा कार्यरत रहेका इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेण्ट सव-इन्जिनियर टिका प्रसाद गुरुङले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्‌नियतपूर्वक भूकम्पपीडित लाभग्राहीहरु आठजनालाई जनही रु.५०,०००।–का दरले घुस/रिसवत दिन वाध्य पारी सोबापत एकमुष्ट रकम रु.४,००,०००।–लिई निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजहरु भुपेन्द्र कुमार मण्डल र टिका प्रसाद गुरुङलाई बिगो रु.४,००,०००।–(अक्षरुपी चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुनका साथै निजहरुले मिलेमतो गरी लिएको रिसवत बापतको रकम रु.४,००,०००।–(अक्षरुपी चार लाख) निजहरुबाट असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10