Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्याल श्रोत नखुलेको रकम रु.५,३०,०००/- सहित बुटवलबाट नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०५।१४ गते।
 --------------------------------------------
पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज कार्यालय प्रमुख (सि.डि.ई.) मनिष कुमार अर्याललाई श्रोत नखुलेको रकम रु.५,३०,०००/- (पाँच लाख तीस हजार) र निज सवार रहेको ३३-१-०७६१ नं. को गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता 
तारानाथ अधिकारी

Download Now