नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले रु. २५,०००।– घुस/रिसवत सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०५।२५ गते।
--------------------------------------------
नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज प्रशासन सहायक कृष्णहरि वाग्लेलाई सेवाग्राहीबाट रु. २५,०००।– (पचीस हजार) घुस/रिसवत लिएको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

 

Download