ईलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वाल रु. १३,०००।- घुस/रिसवतसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२३ गते ।
----------------------------------------------------

ईलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वालले हाल साविक नीजि जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटि गएको टोलीले निज राजेश बहादुर द्वाललाई रु.१३,०००/- (तेह्र हजार) घुस/रिसवत रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जानकी गाउँपालिका वडा नं. ३, मानपुर बाँके स्थित लक्ष्मी कोल्ड स्टोर्सबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता 
तारानाथ अधिकारी

Download
  

Other Press Release