सव-डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा रु.१२,०००।- घुस/रिसवतसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।०१ गते ।
----------------------------------------------------
सव-डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज प्रेमचन्द्र विश्वकर्मालाई  सेवाग्राहीबाट रु. १२,०००।– (बाह्र हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ स्थित कलौनी चोकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download