जिल्ला महोत्तरी, गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान रु. १७,६००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।१६ गते ।
----------------------------------------------------
 
जिल्ला महोत्तरी, गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज उमेश चौहानलाई सेवाग्राहीबाट रु. १७,६००।– (सत्र हजार छ सय) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित गौशाला नगरपालिका वडा नं. २, निगौल चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download