नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी.ए. प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरीप्रसाद जयसवाल रु. १०,००,०००।– (दश लाख) घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०७।२० गते ।
----------------------------------------------------
 
नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी.ए. प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरीप्रसाद जयसवालले निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज इश्वरीप्रसाद जयसवाललाई सेवाग्राहीबाट रु. १०,००,०००।– (दश लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित हेटौंडा-१० मकवानपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download