राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकाका असिस्टेन्ट सव-ईञ्जिनियर भगवती राउत रू. ५,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१६ गते ।
----------------------------------------------------
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव-ईञ्जिनियर भगवती राउतले भुकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिएबापत विभिन्‍न बहाना बनाई अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज सव-ईञ्जिनियरलाई रु. ५,०००।– (पाँच हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भीरकोट नगरपालिका वडा नं. १, बयरघारीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download