सशस्त्र प्रहरी बल, बोर्डर पोष्ट (BOP) कृष्णनगर कपिलवस्तुका सशस्त्र प्रहरी सहायक हबल्दार लिल बहादुर गुरुङ रु.३५,०००।–(पैतीस हजार) अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।१९ गते ।
----------------------------------------------------
 
सशस्त्र प्रहरी बल, बोर्डर पोष्ट (BOP) कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निज लिल बहादुर गुरुङलाई सेवाग्राहीसँग रु. ३५,०००।– (पैतीस हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा जिल्ला कपिलवस्तु कृष्णनगर वडा नं. २, गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download