नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह-४) कृष्ण आले रु. ५,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२४ गते ।
----------------------------------------------------

नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह-४) कृष्ण आलेले सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निज कृष्ण आलेलाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला तनहुँ आबुँखैरेनी-३,स्थित कार्यालयबाट मिति २०७७।०८।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
तारानाथ अधिकारी

Download