खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका खरिदार (सहायक द्वितीय) तिलक प्रसाद घिमिरे रु.१५,०००/- अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०९।०६ गते।
 --------------------------------------------
जिल्ला काठमाडौं, खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका खरिदार (सहायक द्वितीय) तिलक प्रसाद घिमिरेले क्लवको प्रमाण पत्र नविकरण गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज खरिदार तिलक प्रसाद घिमिरेलाई रू. १५,०००/-(पन्ध्र हजार) अतिरिक्त रकम लिएको अवस्थामा निजकै कार्यालय परिसरबाट  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 प्रवक्ता 
तारानाथ अधिकारी

 

 

Download
  

Other Press Release