सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगर, कपिलबस्तुका सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्की र सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०८ गते ।
----------------------------------------------------

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निज लिल बहादुर गुरुङलाई सेवाग्राहीसँग रु. ३५,०००।– (पैतीस हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगर, कपिलबस्तुका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङले निज कार्यालयका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी रू.३५,०००/- घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गरेकोले सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्की र सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई जनही बिगो रू.३५,०००/- (पैंतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10