तनहुँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी रु.१,५०,०००।–अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।०९।२२ गते ।
----------------------------------------------------
 
तनहुँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीद्वारा निज सुरेन्द्र अधिकारीलाई सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भानु नगरपालिका वडा नं.-२, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
प्रवक्ता 
तारानाथ अधिकारी

Download