नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत ३ जना उपर बिगो रु. ९,८३,७००।– कायम गरी सार्वजनिक सम्पत्ति गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।१५ गते ।
----------------------------------------------------
 
जिल्ला रुपन्देही, खड्वा बनगाई-७, स्थित साविक कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कार्यमा संलग्न देहायका कर्मचारी तथा व्यक्तिलाई देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
(क) नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी एवं प्रत्यक्ष फाइदा पुर्‍याउने कार्य गर्ने निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले निजहरु नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवलाई जग्गाको मुल्य रु. ९,८३,७००।– (नौ लाख त्रीयासी हजार सात सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय र बिगो असुल उपर हुन समेत मागदावी लिइएको छ ।
 
(ख) जग्गाधनी मुना पासिनले नापी कार्यालय, रुपन्देही, भैरहवाका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूसमेतलाई गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले हालसाविक र छुटजग्गा दर्ता गर्ने क्रममा मूल्य रु. ९,८३,७००।– (नौ लाख त्रीयासी हजार सात सय रुपैयाँ) को जग्गा आफ्नो नाममा समावेश गरी गराई भ्रष्टाचारजन्य कार्य गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा ८ को उपदफा (४) बमोजिम सजाय र बिगो जफत हुन समेत मागदाबी लिइएको छ ।
 
(ग) हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ-आफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले निजहरुको नाममा देखिएको जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्ने प्रयोजनका लागि मात्र मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10