नापी कार्यालय, कञ्चनपुर, सप्तरीमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव रु. १५,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२३ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.-४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजहरुलाई नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल
 

Download
  

Other Press Release