सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत ४ जना स्रोत नखुलेको रु. १,९०,०००।- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।०२ गते । 
---------------------------------------------------- 

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद रु. १,९०,०००।– (एक लाख नब्बे हजार रुपैयाँ) सहित गाडी नं. वाग्मती प्रदेश ०१-००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा मिति २०७७।१०।२९ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
 नारायण प्रसाद रिसाल

Download
  

Other Press Release