जिल्ला मोरङ, औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत (करार) सरोज सुवेदी रु. २,००,०००।– अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१३ गते ।
----------------------------------------------------

        जिल्ला मोरङ, औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत (करार) सरोज सुवेदीले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज फार्मेसी अधिकृत सरोज सुवेदीलाई सेवाग्राहीबाट रु. २,००,०००।– (दुई लाख रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ३ स्थित भट्टराई होटलको अगाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release