नापी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुण कुमार यादवउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।१६ गते ।
----------------------------------------------------

जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.-४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख, सर्वेक्षक हरिचन्दर ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम  माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत सर्वेक्षक हरिचन्दर ठाकुरले सेवाग्राहीको जग्गा कित्ताकाट प्रयोजनको लागि रु. १५,०००।– घुस रिसवत माग गरी सो रकम लेखनदास अरुण कुमार यादवमार्फत मञ्जुर गरेको पुष्टि हुन आएकोले निज सर्वेक्षक हरिचन्दर ठाकुरको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको हुँदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, लेखनदास अरुण कुमार यादवले पटक-पटक नापी सर्वेक्षक हरिचन्दर ठाकुरसँग कुरा गरी सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामको लागि के कति अतिरिक्त रकम चाहिन्छ भनी मोलाहिजा गरी सर्वेक्षक हरिचन्दर ठाकुरलाई मनाई घुस/रिसवत रु. १५,०००।– आफूले लिएको हुँदा निज लेखनदास अरुण कुमार यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) अनुसारको कसुर भएको हुँदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10