महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशी रु.११,००,०००।–अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२३ गते ।
----------------------------------------------------
 
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज तारा कुमारी श्रेष्ठलाई सेवाग्राहीबाट रु. ११,००,०००।– (एघार लाख रुपैयाँ) अतिरिक्त रकम लिई Old Town Café and Pub Restaurant Chabahil का संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
 
सहायक प्रवक्ता 
वेदप्रसाद भण्डारी

Download