आरोपपत्र दायर तथा नियन्त्रणमा लिइएको ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२५ गते ।
----------------------------------------------------
 
साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसहित बिभिन्न व्यक्तिहरु उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको विषयमा बिभिन्न ११ वटा आरोप पत्र दायर गरिएको तथा आरोपितमध्ये साविक रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. का संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई आज विशेष अदालत काठमाडौमा पेश गरिएको छ । 
 
निम्न मुद्दाहरु:-
१. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,०१,९४,५५६।३९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
२. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ३,८७,९४,७२४।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
३. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १३ जना उपर बिगो रु. २,१५,२५,५६४।३४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
४. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,६३,६८,२५४।७४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
५. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,३५,९८,५६६।५८ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
६. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,९७,९१,८९७।४७ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
७. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १७ जना उपर बिगो रु. १,७५,६७,८९४।४२ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
८. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १५ जना उपर बिगो रु. ११,११,५८,७७१।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
९. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १४ जना उपर बिगो रु. १,४५,०१,०८३।०६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
१०. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ५,८७,३२,९१२।२६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
११. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. ११,५४,७०८।५९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
 
 
 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 

Download
  

Other Press Release