जिल्ला धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्ण रु. १,५०,०००।–अतिरिक्त रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२७ गते ।
------------------------------------------
 
जिल्ला धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज नविन कुमार कर्णलाई सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिएको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट मिति २०७७।११।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
 
प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download