पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०४।१२ गते।
------------------------------------------
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत खोटाङ जिल्लास्थित चेनेज ४२+००० देखि ८८+५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौता अनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएसन पेश गरी, सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत विना कुनै निर्णय फिल्डमा काम गरी/गराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारी एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम Overlap गरी, एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम Overlap भई एउटा ठेक्‍काबाट DPR अनुसारको इष्टिमेट तयार भई भएको काम Earthwork को भुक्तानी भइसके पछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने कार्य गरी रु. ६८,९३,७७८।५ हिनामिना तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएकोले देहायबमोजिमका व्यक्तिहरूलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं ३५ वमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालीन योजना प्रमुख बिजय चापागाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोक रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम उक्त बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।
तत्कालीन इन्जिनियर दिपक कुमार खड्का ऐ.ऐ. रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त विगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेतको मागदाबी लिइएको छ । 
तत्कालीन सव-इन्जिनियर गजेन्द्र प्रसाद राउत ऐ.ऐ. रु.६८,९३,७७८।५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त विगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन समेतको मागदाबी लिइएको छ ।
तत्कालीन लेखा अधिकृत दुर्ण प्रसाद फुयाल ऐ.ऐ. रु.२१,४९,८१८।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको सोही दफाको प्रावधानवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी उक्त विगो सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिइएको छ ।
प्रबन्ध निर्देशक रवि सिंह महादेव खिम्ती निर्माण सेवा प्रा.लि. काठमाण्डौ  रु.६८,९३,७७८।५  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत हुन मागदावी लिइएको छ ।

 

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12