जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहसमेत २ जना घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७८।०५।०९ गते।
-------------------------------------------

जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु. ५,०००।– घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई रु. ५,०००।– (पाँच हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित गौशाला नगरपालिका बडा नं. ४, निगौल चोकबाट मिति २०७८।०५।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download