शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारीसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।१० गते।
------------------------------------------
तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगि ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्‍याउने र सरकारी रकम हानिनोक्सानी पुर्‍याउने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई शुक्लागण्डकी नगरपालिकामा पेश गरी भुक्तानी लिने कार्य गरी भ्रष्टाचारजन्य कसूर गरेको तथ्य प्रमाणित हुन आएकोले देहायबमोजिमका आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
 
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ्ग र भिम बहादुर गुरुङ्ग शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँ रु.७,६६,७००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
तत्कालीन सदस्य गणेश कुमार गुरुङ्ग  ऐ.ऐ. रु.१,१९,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
तत्कालीन प्रोप्राइटर बिनोद श्रेष्ठ चार्टर कन्स्ट्रक्सन प्रा.लि. मालेपाटन-५ पोखरा, कास्की रु.२,४८,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा २२ बमोजिम सजाय गरी बिगो असुल समेत हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21