जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत ना.सु. उमेश कुमार चौधरी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७८।०५।२३ गते।
-------------------------------------------

जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत ना.सु. उमेश कुमार चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाई रु. ८,५००।– घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज उमेश कुमार चौधरीलाई सेवाग्राहीबाट रु. ८,५००।– (आठ हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट मिति २०७८।०५।२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release