जिल्ला प्रशासन कार्यालय, धनुषा, जनकपुरधाममा कार्यरत ना.सु. उमेश कुमार चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।०६।१८ गते।
------------------------------------------
जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत ना.सु. उमेश कुमार चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाई रु. ८,५००।– घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज उमेश कुमार चौधरीलाई सेवाग्राहीबाट रु. ८,५००।– (आठ हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।२२ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय, धनुषा, जनकपुरधाममा कार्यरत ना.सु. उमेश कुमार चौधरीले जन्म मिति सच्याई नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ८,५००।–घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निज उमेश कुमार चौधरीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु. ८,५००।–(आठ हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत,काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download
Tweet