जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०७।१४ गते।
------------------------------------------


जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अैबुल राईनले जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०६।।२४ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला महोत्तरी मटिहानी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राम बहादुर महतोले जन्म दर्ता बनाउने कार्यका लागि सेवाग्राहीसँग लाग्ने शुल्कको कुरा नगरी सिधै घुस/रिसवत रकम रु.१०,०००।- माग गरी रकम मोलमोलाइ गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निज वडा अध्यक्ष राम बहादुर महतोको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिँदा निजलाई बिगो रु.१०,०००।- (दश हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै जिल्ला महोत्तरी मटिहानी नगरपालिका ५ नं. वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनले जन्म दर्ता बनाउने कार्यका लागि पेश गरेका चाहिने कागजात आफूले लिई सेवाग्राहीसँग घुस/रिसवतका लागि कुराकानी गरी, घुस/रिसवतवापतको रकम लिन मिलेमतो गरी लाग्ने शुल्कको कुरा नगरी सिधै घुस/रिसवत रकम रु.१०,०००।- माग गरी रकम मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिने कार्यमा वडा अध्यक्ष राम बहादुर महतोलाई सहयोग गरेकोले निज सहायक कम्प्युटर अपरेटर अैबुल राईनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिँदा निजलाई बिगो रु.१०,०००।- (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10