जिल्ला सर्लाही, इश्वरपुर न.पा. वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय रु. १,५०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७८।०७।२९ गते ।
----------------------------------------------------

जिल्ला सर्लाही, इश्वरपुर न.पा. वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस/रिसवत रु. १,५०,०००।- माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीबाट रु. १,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला सर्लाही लालबन्दी, न.पा. वडा नं. ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release