ईलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा कार्यरत प्रहरी नायव निरीक्षक विरेन्द्र महतोसमेत ३ जना उपर झुठ्ठा बिबरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०७।३० गते।
------------------------------------------

ईलाका प्रहरी कार्यालय, सिमरौनगढ बारामा प्रहरी नायव निरीक्षक पदमा कार्यरत विरेन्द्र महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र S.L.C. को प्रमाणपत्रमा जन्म मिति सच्चाई किर्ते गरी नेपाल प्रहरीमा भर्ना भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी नायब निरीक्षक विरेन्द्र महतोले नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण-पत्रहरुमा जन्म मिति सच्याई पेस गरी नियुक्ति लिई बढुवा हुँदै प्रहरी नायव निरीक्षक पदमा कार्यरत रहेको हुँदा निज विरेन्द्र महतोले जन्म मिति सच्याई राष्ट्रसेवकको ओहदा पाई सो हैसियतले लाभ वा सुविधा लिई पदमा बहाल रहिरहने मनसाय राखी आफूलाई लाभ हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्यले बदनियतपूर्ण तबरबाट भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसूर गरेको पुष्टि हुन आएकाले निज विरेन्द्र महतोलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र ऐ. ऐनको दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
साथै, श्री सरस्वती माध्यामिक विद्यालय, पिपरा, भलोहिया, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रविन्द्र झा र सोही विद्यालयमा कार्यरत शिक्षक (Issuing Assistant) मुकेश कुमार सिंहले निज विरेन्द्र महतोको CHARACTER CERTIFICATE र School Leaving Certificate मा प्रतिलिपि प्रमाणपत्र जारी गर्दा विद्यालयमा रहेको अभिलेखमा रहेको जन्म सच्याई प्रतिलिपि दिएको कार्यबाट आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पुर्‍याई भ्रष्टाचार गर्ने र निज विरेन्द्र महतोलाई राष्ट्रसेवकको ओहदा पाई सो हैसियतले लाभ वा सुविधासमेत लिई भ्रष्टाचारजन्य कसुर गर्न मद्दत पुर्‍याउने मनसाय राखी बदनियतपूर्ण तवरले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ मा परिभाषित कसूर गरेको पुष्टि हुन आएकोले तत्काल कार्यरत प्रधानाध्यापक रविन्द्र झा र शिक्षक मुकेश कुमार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12