"Intelligence Analysis and Sting Operations" तालिम कार्यक्रम


मिति २०७६।०५।२६ गते
---------------------------------
आयोगको ‘रणनीतिक योजना "२०१४ देखि २०१९" सम्‍ममा क्षमता विकासलाई उच्च प्राथमिकता दिई आयोगको मानव संशाधन क्षमता विकास गर्ने रणनीति अनुरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल द्वारा सुचना संकलन र स्टिंग कारवाही सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोगका कार्यालयहरु पोखरा र हेटौंडालाई लक्षित गरी मिति २०७६/०४/२२ देखि सञ्चालन भैरहेको ५ (पाँच) कार्य दिनको "Intelligence Analysis and Sting Operations" तालिम कार्यक्रम आज मिति २०७६।०४।२६ गते पोखरामा समापन भएको छ। यस तालिमको उद्‌घाटन मिति २०७६।०५।२२ मा प्रमुख अतिथि अ.दु.अ.आयोग टंगालका माननीय आयुक्त डा. सावित्री थापा गुरुङ ज्यूले सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै आयोगले प्रदान गर्ने विभिन्न तालिमहरु मध्ये यो तालिम बिशिष्टिकृत तालिम हो, आयोगमा कार्यरत जनशक्तिहरुलाई क्षमतावान, दक्ष तथा Sting Operations कारवाहीलाई थप प्रभावकारी रुपमा सञ्चालन हुने विश्वास लिएको बताउँदै गर्नुभएको थियो। तालिम कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका ११ (एघार), अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका १० (दश) र  अ.दु.अ.आयोग टंगालका १(एक) गरी जम्मा २२(बाइस) जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको थियो। यसरी ५ (पाँच) दिन सम्म सञ्चालन भएको समापन कार्यक्रम आज मिति २०७६।०५।२६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख काशिराज दाहालको अध्यक्षता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको प्रमुख हुमकला पाण्डे र अ.दु.अ.आयोग टंगालका प्रहरी महाशाखा प्रमुख कमल बहादुर जी. टी. को विशेष आतिथित्यतामा  प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण सँगै भएको थियो ।