ओखलढुङ्गा र सोलुखुम्बुमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको आयोजनामा मिति २०७६/०७/२७ र मिति २०७६/०७/२८ मा क्रमश: जिल्ला समन्वय समितिको सभाहल, ओखलढुङ्गा र सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आयोगको कार्यालय इटहरीका प्रमुख सह सचिव श्री चक्रबहादुर बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रमहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह सचिव हुमकला पाण्डे, प्रमुख जिल्ला अधिकारीहरु, डिभिजन वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु, संचारकार्मी समेत गरी ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा क्रमश: ११६ र १०४ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोगको कार्यालय इटहरीमा कार्यरत उप सचिव श्री ज्ञानेन्द्र प्रसाद ढकाल र डिभिजन वन कार्यालय सोलुखुम्बुमा कार्यरत सहायक वन अधिकृत डम्बर भण्डारीले छुट्टा छुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उप सचिव श्री ज्ञानेन्द्र प्रसाद ढकालको कार्यपत्रमा प्रचलित कानुन अनुसार भ्रष्टाचार जन्य कार्यहरु, आयोगमा पर्ने उजुरीको प्रकृति, आयोगको कार्य प्रणाली, उजुरीका माध्यम जस्ता विषयवस्तुहरु समावेश भएको थियो भने सहायक वन अधिकृत डम्बर भण्डारीको कार्यपत्रले वन उपभोक्ता समूह गठन, सामुदायिक वन दर्ता, वन समूहको लेखा परीक्षण जस्ता विषयहरुमाथि प्रकाश पारेको थियो । कार्यक्रमको छलफल सत्रमा सहभागीहरुले सक्रियताका साथ आयोगको काम कारवाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरु तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य दिँदै सुशासनको पक्षमा सबै एकठाउँमा उभिनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा आयोगका सह सचिव हुमकला पाण्डेले वन समूहका पदाधिकारीहरु वन क्षेत्रको रुख कटान र लेखाङ्कन समेत विषयमा अनियमिततामा मुछिने गरेको बताउनु हुँदै वनको संरक्षणमा राष्ट्रिय हित समेत जोडिएकोले सो सम्बन्धमा गम्भिर हुन उहाँले सवैमा आग्रह गर्नु भयो । कार्यक्रममा अन्तमा आयोगको कार्यालय इटहरीका प्रमुख चक्र बहादुर बुढाले भ्रष्टाचार ठहर भएमा व्यक्ति कुनै सार्वजनिक पदमा रहन नपाउने हुँदा यसबारे राष्ट्रसेवक तथा नागरिक सचेत हुनु पर्ने उल्लेख गर्नु भयो । साथै उहाँले सरकारी सम्पत्ति संरक्षण गर्ने, वन पैदावरको कानून अनुसार मात्र वन्य पदार्थ प्रयोग गरी सरकारी सम्पत्तिको संरक्षणमा पारदर्शिता समेत कायम गर्न उहाँले सामुदायिक वनका पदाधिकारीहरु आग्रह गर्नु भयो ।
Tweet
Other News
सुशासनमा सहकार्य-शिवराम न्यौपाने
2024/01/03 |
भ्रष्टाचार न्यूनीकरणका उपाय-शङ्करप्रसाद भेटवाल
2023/10/07 |
बौद्धिक भ्रष्टाचारका पाटाहरू-कुलचन्द्र पराजुली
2023/08/23 |
सुशासनको नारा र व्यवहार-शिवराम न्यौपाने
2023/08/13 |
सार्वजनिक खरिदमा पारदर्शिता- त्रिलोचन पौड्याल
2023/06/21 |
भ्रष्टाचार नियन्त्रणमा साझा प्रयास-डा. अर्जुनकुमार खड्का
2023/05/26 |
नेपालमा विकास आयोजनाका समस्या - सागर पण्डित
2023/05/10 |
सुशासनका लागि प्रविधिको उपयोग - विनोद पोख्रेल
2023/04/11 |
भ्रष्टाचार नियन्त्रणमा नारी - कल्पना भण्डारी
2023/03/07 |
सुशासन एक सपना- उमेशप्रसाद मैनाली
2023/01/23 |