जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०७।१२ गते।
------------------------------------------

जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी  कार्यका लागि घुस/रिसवत लिइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको टेलिफोन मार्फत प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष डिल्ली प्रसाद ओलीलाई रु.८०,०००।–(असी हजार रुपैयाँ) घुस/रिसवत सहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीले जग्गा पास गर्ने सम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग रु.८०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.८०,०००।–(असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09